|

काठमाडौं : नेपालका शहरी क्षेत्रका ३८ प्रतिशत महिलामा मोटोपनको समस्या रहेको पाइएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ का अनुसार २० देखि ४९ वर्ष उमेर समूहका महिलाहरूमा अधिक तौल वा मोटोपन अत्यधिक देखिएको हो।  ग्रामीण क्षेत्रका महिलामा पनि २६ प्रतिशत मोटोपनको समस्या पाइएको हो।

जसको मुख्य कारणमा गुलियो पेय पदार्थ सेवन, बोसोयुक्त खानेकुरा जस्तैः केक, बिस्कुट, कुकीज, जेरी / जलेबी, मिठाई, टफी, आइसक्रिम लगायत तारेको र नुनिलो खानेकुराहरुमा जस्तैः चिप्स, कुरेकुरे, चीजबल, तयारी चाउचाउ, समोसा, पकौडा, पुरी र तारेको खाजा खाएको पाईएको छ ।

सर्वेक्षणले मोटोपना घरेलु सम्पन्नताको बृद्धिसँगै बढ्दै गएको छ, गरिब घरपरिवारका २० प्रतिशत महिलाहरूमा र धनी घरपरिवारका ५३ प्रतिशत महिलाहरूमा मोटोपन देखिएको छ ।

यस्तै २० देखि ४९ उमेर समूहका पुरुषहरुमा ३२ प्रतिशतमा मोटोपनाको समस्या र ७ प्रतिशतमा दुब्लोपनाको समस्या भएको पाइएको छ।

१५ देखि १९ वर्ष उमेर समूहका २६ प्रतिशतमा दुब्लोपना र ६ प्रतिशतमा मोटोपनको समस्या भएको पाइएको छ। यस्तै २० देखि ४९ वर्ष उमेर समूहका ३५ प्रतिशत महिलामा मोटोपनको समस्या भएको पाइएको छ भने १० प्रतिशतमा दुब्लोपनाको समस्या भएको पाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.