|

रौतहट : प्रहरीले विभिन्न मुद्दामा फरार रहेका तीन अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश गरेको छ।  ज्यान मार्ने उद्योग मुद्दामा दुई र लागुऔषधको मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

माधवनारायण नगरपालिका–५ कटहरियाटोल स्थितमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका ७६ वर्षीय बैजनाथ सहनीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका सहनीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला अदालत गौरमा बुझाइएको रौतहट प्रहरीले जनाएको छ।

ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका अर्का एकजनालाई गौर नगरपालिका–३ बीपी चोकबाट प्रहरीले पक्राउ गरेको हो। फतुवा विजयपुर नगरपालिका १ का २५ वर्षीय राकेश यादवलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि रौतहट जिल्ला अदालत गौर रौतहटमा बुझाइएको छ। यसैगरी लागुऔषध मुद्दाका फरार प्रतिवादी ३२ वर्षीय रमेशकुमार यादवलाई  वृन्दावन नगरपालिका– १ विश्रामपुर टोलबाट प्रहरीले पक्राउ गरेको छ। अदालतबाट कैद तथा जरिवाना सजाय भए पनि यादव फरार रहेका थिए। 

जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो समयमा  विभिन्न मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अघि बढाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.