|

रौतहट : विद्युतको ट्रान्सफर चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानबाट विद्युत ट्रान्सफर चोरी गर्ने गरुडा नगरपालिका–६ पोठीयाहिका अशोक साह, कटहरीया नगरपालिका–१ भासेढवाका रामलाल महतो, सोही ठाउँका वीरेन्द्र राय यादव र ३७ का सुखल महतो रहेका छन्।

विद्युत प्राधिकरणले विभिन्न एकान्त स्थानमा जडान गरेको ट्रान्सफर्मर अनेक उपकरणको सहयोगमा एकपछि अर्का लागातार चोरी गर्ने गिरोहका ४ जनालाई अनुसन्धानको आधारमा इलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाको टोलिले पक्राउ गरेको हो।

उजुरीको आधारमा प्रहरीले गरुडा नगरपालिका–४ का लाक्षमी प्रसाद चौधरीले आफ्नै घरमा सञ्चालन गरेको कवाड पसलमा प्रहरीले गएको आइतबार छापा मारेको थियो। छापा मार्ने क्रममा विद्युत ट्रान्सफर्मरमा प्रयोग हुने तामाको तार लगायतको सामग्री ठूलो मात्रामा बरामद गरेको थियो।

तामाको तारको १७५ किलो ७५० ग्राम, तामाको कवायल  १२९ किलो ३ सय ग्राम, खुला तामाको तार ७१ किलोग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

उनीहरूको साथबाट प्रहरीले एकथान मोटरसाइकल, एकथान स्कुटी, एकथान आइफोन,र ३ थान अन्य कम्पनीको मोबाईल बरामद गरेको छ।

छापामारीको क्रममा कवाड पसल सञ्चालक चौधरी फरार छनु।  पक्राउ परेका चारैजना माथि चोरी सम्बन्धि मुद्दा दर्ता गरी जिल्ला अदालत रौतहट बाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.