|


कामठाडौं : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले भोलि बिहान ९ बजे पुनः बस्ने गरी बैठक स्थगित गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा आज सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा विजय पौडेल र डा गङ्गालाल तुलाधरले आफ्ना धारणा राखेका थिए ।

पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदहरूमा कसलाई मनोनीत गर्ने विषयमा भोलि छलफल गरिने जनाइएको छ । पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद रिक्त छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.