|

काठमाडौ : अष्ट्रेलियाको एनआरएनए (गैर आवासीय नेपाली संघ) को अध्यक्षमा अनिल पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन् । 

आगामी जुलाई २९ (साउन १३) मा हुने निर्वाचनमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि पोख्रेल एनआरएनए अष्ट्रेलियाको कोषाध्यक्ष थिए । 
एक दशकअघि उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका पोख्रेल सामाजिक कार्यमा सुरुदेखि सक्रिय थिए।

पहिलोपटक उनको एनआरएनए यात्रा अष्ट्रेलिया राज्य समन्वय परिषद सदस्यबाट भएको थियो ।

करिब एक दशकको गैरआवासीय नेपाली संघको यात्रामा रहँदा दिगो विकास र संस्थामा एकजुट भएर लागेको पोख्रेलले बताए । एनआरएनमा आफ्नो क्षमता र समयले भ्याएसम्म सामाजिक काममा योगदान पुर्‍याएको उनको भनाइ छ ।

उनका अनुसार एनआरएनएलाई संस्थागत, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, स्रोतमा पहुँच  र विभिन्न तहका सरकारसँग सम्बन्ध विस्तार हुन्छ । यसअघि पनि आफू संस्थामा रहँदा सबै संघसंस्था र सबै तहका सरकारी निकायसँग सहकार्य गरेको उनको भनाइ छ ।

चितवन खैरहनी ४ का पोख्रेल आफूलाई सामाजिक व्यक्तित्वको रुपमा चिनाउँछन् । ‘संस्थामा  लागेपछि दिगो रुपमा स्वयसेवाको काम हुन्छ । विश्वव्यापी रुपमा एनआरएन भएका ठाउँमा स्वयंसेवीको अवधारणा लागू गरिन्छ,’ उनले भने । समाजसेवा यस्तो कार्य हो जसले मानिसको अन्तरमनलाई अलौकिक आनन्द दिन्छ । एउटा यस्तो आनन्द जसले मानिसलाई अनवरत रुपमा समाजमा योगदान गर्न प्रेरित गर्छ ।‘ 

पोख्रेलसँग आफ्नो व्यापारिक क्षेत्रमा १२ वर्षभन्दा बढीको अनुभव छ । उनको व्यापार साझेदारी, व्यावसायिक वित्त, परियोजना लेखा, व्यवस्थापन र वित्तीय लेखाको क्षेत्रमा अनुभव हाँसिल गरेका छन् । उनी डाउनरमा वित्त प्रबन्धकका रूपमा कार्यरत छन् । 

पोख्रेल टेफ एनएसडब्लुमा मा आंशिक शिक्षक र सिपिए अस्ट्रेलिया नेपाली छलफल समूहका संयोजक पनि छन् । अस्ट्रेलिया नेपाली चर्चा समूहका संयोजक , चितवन समाज अस्ट्रेलियाका संस्थापक महासचिव,  नेपाली अस्ट्रेलियन युवा संघ (नयाँ) को संस्थापक सदस्य  ब्ल्याकटाउन नेपाली समुदायको पूर्व प्रवक्ता र कार्यदल सदस्य भइसकेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.