|

सल्यान : गाउँघरतिरको हिजोआज निराशाजनक र उदेक लाग्दो खबर बढी सुनिन्छ। गाउँ रित्तिएको छ। गाउँमा सम्भावना छैन। गाउँमा केही गर्ने वातावरण छैन। धेरैजान यस्तै भन्छन् तर, यथास्थिति यस्तै मात्र पनि होइन।

विभिन्न पेशा, व्यवसाय र उद्यम गरेर आत्मनिर्भरताको गतिलो उदाहरण दिएका थुप्रै गाउँलेलाई पनि भेट्टाउन सकिन्छ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ पानीखोलाका दुई दिदीबहिनी (देवरानी जेठानी)ले व्यावसायिक बाख्रापालनबाट मनग्ये आम्दानी गर्दै आएका छन्। विगत ५ वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आएका आशा बुढामगर र दीपा मगरले वार्षिक ५ लाख बढी आम्दानी गर्दै आएका छन्।

नवीन बाख्रापालन फर्म दर्ता गरेका उनीहरूसँग अहिले ६५ बाख्रा र २० खसीबोका छन्।

 बाख्रापालन व्यवसायलाई व्यवस्थित व्यावसायिक बनाउँदै लगेपछि आर्थिक रुपमा सबल बनेको आशा बुढामगरको भनाइ छ। पछिल्लो समय बाख्रा नै आम्दानीको मुख्य स्रोत भएको उनको भनाइ छ।

उनले भनिन्, ‘महिलाले घर भित्रको मात्र काम गर्नुपर्छ भन्ने छैन्। आर्थिक रुपमा लाभ लिन सकिने काम पनि गर्न सक्छन् भन्ने समाजमा उदाहरण देखाउन दिदीबहिनी मिलेर बाख्रापालन गरेका हौं।’

आर्थिक उर्पाजनसित जोडिँदै आत्मनिर्भर हुन सकिन्छ भनेर व्यावसायिक बाख्रापालनमा लागेको दीपा मगरको भनाइ छ। उनले भनिन्, ‘आफूँलाई वा परिवारलाई आवश्यक पर्ने सामान्य खर्च जुटाउन श्रीमानसँग मात्र आश्रित हुनेपर्ने अवस्थाको अन्त्य गर्न दिदीबहिनी मिलेर बाख्रापालनमा जुटेका हौं।’

गाउँ नजिकै वनजंगल हुँदा खासै घाँसको समस्या नहुने र बजीकरणको समस्या नभएकाले बाख्रापालनलाई व्यावसायिक रुपमा अघि बढाउन सहज भएको उहाँले बताउनु भयो। सरुवाती चरणमा थोरै संख्याबाट व्यवसाय थालेपनि आम्दानी राम्रो हुन थालेपछि बाख्राको संख्या बढाउँदै लगेको आशाको भनाइ छ। हालसम्म ३० लाख बराबरको लगानी लागेको उनको भनाइ छ।

समाजमा उदाहरणीय कार्य गरेको भन्दै पछिल्लो समय उनीहरुलाई विभिन्न सरकारी तथा गैरसरकारी संघसस्ंथाहरुले सम्मान समेत गर्दै आइरहेका छन्। पछिल्लो समय मुख्यमन्त्री उत्कृष्ट कृषकबाट पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले सम्मानसमेत गरेको छ। दुवै दिदीबहिनीका  श्रीमानले जिल्लामा नै गाडी चलाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.