|

काठमाडौं : विदेश भ्रमणमा जाने नेपालीले अब २ हजार ५ सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज (शुक्रबार) जारी गरेको एकीकृत परिपत्र-२०७९ मा संशोधन गर्दै डलर सटही सुविधाका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो।

भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीवापत प्रतिपटक अधिकतम अमेरिकी डलर २ हजार ५ सय बराबरको सटही सुविधा प्राप्त गर्नेछन्। त्यस्तो सटही सुविधा एक वर्षमा २ पटकमा नबढ्ने गरी मात्र प्रदान गरिने उल्लेख छ।

एकीकृत निर्देशन जारी भएको मितिभन्दा अगावै त्यस्तो सुविधा लिएकाले पनि चालु आवमा थप दुई पटक त्यस्तो सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ।

तर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीवापत अधिकतम २ सय अमेरिकी डलर बराबरको सटही सुविधा उपलब्ध गराउने प्रबन्ध गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.