|

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि राष्ट्रिय प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छिन्।

सोमबार सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारले व्यवस्थितरुपमा ऐन कानूनलाई परिमार्जन गरेर सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गरी मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार बनाउने बताइन्। 

उनले सूचना प्रविधिको विकासका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको र अब नेपालबाट विदेशमा श्रमिक नभएर सेवा निर्यात गर्न सक्नुपर्ने बताइन्।
 
उनले विज्ञहरुको सुझाव लिएर सरकारले नयाँ कार्यक्रमको थालनी र पुराना कार्यक्रमको परिमार्जन गरि अघि बढ्ने उल्लेख गरिन्। उनले नेपालले पनि सूचना प्रविधिको क्षेत्रलाई विकास गर्न सबैको सहकार्य आवश्यक रहेको बताइन्। 

मन्त्री शर्माले संघीय निजामती ऐनमा आईटी समूह राख्नका लागि प्रयास भइरहेको जानकारी गराइन्। मन्त्री शर्माले सरकारी सेवालाई नै आधुनिक बनाउनेबाहेक सरकारले नयाँ कार्यक्रममार्फत पूर्वाधार निर्माण तथा सेवाको गुणस्तर बढाउन काम गरिरहेको उल्लेख गरिन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.