|

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद वर्षमान पुनले सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताएका छन्।

सोमबार संसद भवनमा पत्रकारसँग कुरा गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताए।

पुनले प्रधानमन्त्रीले भ्रष्टाचार र सुन तस्करीविरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको अभियान भएको उल्लेख गरे। उनले अनाहकमा आफूलाई जोडेको भन्दै व्यक्तिगत चरित्रहत्या गर्नेभन्दा पनि तथ्यमा पुगेर अनुसन्धान गर्नुपर्ने बताए।

पुनले भने, ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डको भ्रष्टाचार र सुन तस्करीविरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको अभियान हो। यसमा मेरो पूरै समर्थन छ। मेरो कहीँ कतै संलग्नता छैन। म कतै जोडिएको छैन। गत आठ वर्ष पहिले पारिवारिक खालको फोटोलाई राखेर हो जस्तो पारिएको छ।'

राज्यका निकाय पूर्वाग्रही हुन नहुने र राज्यले न्यायोचित ढंगले छानबिन गर्नुपर्ने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.