जुम्ला : पहिरोमा परी पातारासी गाउँपालिकाका एकै घरका सातजना सहित १३ जना बेपत्ता भएका छन्। भारतको केदारनाथ गौरीकुण्डमा गएको पहिरोले बेपत्ता बनाइएको हो।
पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म १३ जना बेपत्ता रहेको प्रारम्भिक जानकारी आएको बताइन्।
उनका अनुसार पातारासी–३ चौर गाउँका एकै परिवारका ७ जना सहित १३ जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ। पातारासी गाउँपालिका उपाध्यक्ष रोकायाले वडानम्बर ३ चौर गाउँका अमृत बोहरा र उनकी श्रीमती अनिता बोहरा, छोरी एलिसा, सलिया, पिंकी र छोराहरू जटिल र वकिल बेपत्ता भएका हुन्।
त्यसैगरी चौर गाउँकै अन्य ३ जना र पातारासी गाउँपालिका–२ पेरे गाउँका ३ जना बेपत्ता भएका बताइन्। उनीहरू एक होटलमा बसिरहेको समयमा राति पहिरोले घर बगेर बेपत्ता भएको छ। होटलमा २५ जना भए पनि अन्य को र कहाँका हुन् खुल्न‚ बाँकी छ।
त्यस्तै जुम्ला र हुम्ला जिल्लाका बेपत्ता रहेको सामाजिक सञ्जालमा लेखिएको पाइन्छ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पातारासीका अध्यक्ष उपाध्यक्षबाटै आफूलाई जानकारी पाएको बताए। उनले घटनाबारे गृह मन्त्रालयमा समेत गराएको बताए।
गौरीकुण्डबाट केदारनाथ जाने बाटोको बीचमा हिजो राति ११:३० बजेको समयमा पहिरो गएको थियो। अझै पनि पहिरो परी बेपत्ता हुने नेपाली नागरिकको कुनै यकिन विवरण आउन सकेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।