|

काठमाडौं : यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ। 

सोमबार नेप्से परिसूचक ३ दशमलव २१ अङ्कले घटेर २ हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ।

आज २६७ कम्पनीको ६६ लाख ४७ हजार १४३ कित्ता शेयर १ लाख १ हजार २३६ पटक खरिदबिक्री हुँदा २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। 

आज बैंकिङ, जलविद्युत्, लगानी र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ।

बैंकिङ समूह १२ दशमलव १९, जलविद्युत् ७ दशमलव ३४, लगानी शून्य दशमलव ०३ र अन्य समूह ५ दशमलव ५७ अङ्कले घटेको हो। 

उपसूचक बढ्नेमा आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ७६ दशमलव ४६ र जीवन बीमा समूहको उपसूचक ६० दशमलव १४ अङ्कले बढेको छ। 

विकास बैंक ५३ दशमलव ५६, वित्त २८ दशमलव ८७, उत्पादन तथा प्रशोधन ४ दशमलव १५, लघुवित्त ११ दशमलव ०१ र म्युचुअल फन्ड समूह शून्य दशमलव ०१ अङ्कले बढेको छ। 

निर्जीवन बीमा समूह ७ दशमलव ७३ र व्यापार २७ दशमलव १५ अङ्कले बढेको नेप्सेले जनाएको छ। नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९ दशमलव ९९ प्रतिशतले बढेको छ। धेरै घट्नेमा भने छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ६ दशमलव ४५ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ४३ करोड ६२ लाख ५९ हजार ३४८ रुपैयाँ बराबरको ७ लाख १ हजार ८०३ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.