|

कपिलवस्तु : जिल्लाको कृष्णनगर नगरपालिका ५ बगहीमा  एकै परिवारका दुई दाजुभाइ मृत अवस्थामा फेला परेका छन्। मङ्गलबारदेखि हराएका वर्ष ५ का  राजन यादव र ७ वर्षका साजन यादवको शव घर नजिकैको पोखरीमा फेला परेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए।

प्रहरीलाई घरबाट हराएको भनी राति ९ बजे जानकारी भए पनि दुवै दाजुभाइको शव बुधवार बिहान मात्र भेटिएको थियो।  माटो निकालेर पानी जमेको खाडलमा दाजुभाइको शव फेला परेको प्रहरीले जनाएको  छ।

दुवै शवलाई बहादुरगंजस्थित शिवराज अस्पतालमा पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको  कृष्णनगरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.