|

कपिलवस्तु : विजयनगर गाउँपालिकामा करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। शुक्रबार गाउँपालिका–२ जर्लैया बस्ने चाँद अलि भाँटकी छोरी साहिना खातुनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

घर अगाडि नल्कामा जडान गरिएको पानी तान्ने मोटरबाट नुहाउने क्रममा अचानक करेन्ट लाग्दा नातिनी साहिना खातुनको मृत्यु भएको हो। उनकी हजुरआमा ४८ वर्षीया अन्जुम भाँट घाइते भएकी परिवारले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.