|

भारतको कर्नाटक उच्च अदालतले एक मुद्दामा श्रीमतीले श्रीमानलाई कालो भन्दै अपमान गरेमा त्यसलाई क्रूरताको आधार मानिने फैसला गरेको छ।

ती व्यक्तिले २००७ मा विवाह गरेका थिए। श्रीमतीले उनलाई कालो भएको भन्दै छोडेको र  यो ढाकछोप गर्न श्रीमान् विरुद्ध अवैध सम्बन्धको झुटो मुद्दासमेत दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

त्यसपछि सन् २०१२ मा पतिले मानसिक उत्पीडनको आधारमा बैंगलोरको अदालतमा सम्बन्ध विच्छेदको याचिका दायर गरेका थिए। न्यायाधीश आलोक आराधे र अनन्त रामनाथ हेगडेको इजलासले आफ्नो फैसला सुनाउँदै भनेका छन्, 'श्रीमतीले श्रीमान्लाई कालो भन्दै अपमान गरिन्, जुन क्रूरता हो।'

जसका कारण श्रीमानको सम्बन्ध विच्छेदको निवेदन स्वीकृत भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.