|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। उनले माओवादी केन्द्र र जनमत पार्टीबाट एक-एकजना मन्त्रीको शपथग्रहण गराउने तयारी गरेका हुन्। 

प्रधानमन्त्री प्रचण्डले आजै शपथग्रहण गराउने तयारी गरेको स्रोतले जानकारी दियो। उनी चितवनमा रहेकाले काठमाडौं फर्किएपछि मन्त्री नियुक्तिको पत्र राष्ट्रपतिलाई पठाउनेछन्। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको पत्र आएपछि शपथग्रहण गर्ने जनाएको छ। 

‘अहिलेसम्म प्रधानमन्त्रीज्यूबाट पत्र आएको छैन। पत्र पाएपछि शपथ गराउन हामी तयार नै छौँ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो। 

माओवादीबाट हितबहादुर तामाङ र जनमतबाट अनितादेवी मन्त्री बन्दै छन्। प्रधानमन्त्री प्रचण्डले पर्यटनमन्त्री सुदन किराँती र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने तयारी गरेका छन्। 

प्रधानमन्त्री सचिवालय स्रोतले उनी चितवनबाट फर्किएपछि नवनियुक्त मन्त्तीहरूलाई शपथग्रहण गराउने जानकारी दियो। 

‘सम्माननीय प्रधानमन्त्रीज्यू चितवनमा हुनुहुन्छ। वर्षा भइरहेकाले प्लेन उड्न सकेको छैन। सम्भवतः आजै शपथग्रहण गराउने तयारी छ,’ सचिवालयका एक सदस्यले थाहाखबरलाई भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.