|

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिरबाट बरामद भएको अवैध १०० किलो  सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पगाल्न थालिएको छ।

गत साउनमा २ गते उक्त सुन काठमाडौंको सिनमंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। राजस्व अनुसन्धान विभागले सुन जोख्ने प्रकृयाको लागि आग्रह गरेपछि आज सुन पगाल्ने र जोख्न काम थालिएको हो।  

सुन जोख्ने प्रक्रिया पत्रकारहरुमाझ देखाइएको छ। ब्रेक शु भित्रको सुन टक्सार विभाग परिसरमा बाहिरै राखेर सबैले देख्ने गरी निकाल्न सुरू गरिएको हो। सुन जोख्ने स्थानमा नेपाली सेना, नेपाल प्रहरीको बाक्लो उपस्थिति छ। जनतालाई देखाएरै सार्वजानिक रुपमा सुन जोखिएको हो। विमानस्थलबाट बरामद गरिएको सुन टक्सार विभागमा राखिएको थियो। 

उनका अनुसार टक्सारमा सामान खोलेर सुन छुट्टयाउने र त्यसपछि गाल्ने प्रक्रिया सुरु हुने बताइएको छ। यसअघि करिब १०० किलो सुन भनिए पनि ठ्याक्कै यति नै परिणाममा सुन छ भनेर किटानी साथ भन्न नसकिने बताइएको छ।

यसै सुन प्रकरणको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साउन १० यता संघीय संसदका दुवै सदन चल्न दिएको छैन। सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने एमालेको माग छ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.