|

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार न्यून अङ्कले घटेको छ। आजको कारोबारमा नेप्से परिसूचक ३ दशमलव ६१ अङ्कले घटेर २ हजार ७७ दशमलव २४ अङ्क कायम भएको छ।

आज विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर २ अर्ब ९ करोड १३ लाख ९० हजार ६३८ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिनको कारोबारमा बैंक, विकास बैंक, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्स र म्यूचुअल फण्डको उपसमूहमा हरियाली देखिएको छ भने फाइनान्स, होटल तथा टुरिजम, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स, ट्रेडिङ अन्य उपसमूहमा भने रातो देखिएको छ। 

आज ६८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ। साथै ११ वटा कम्पनीको शेयर मूल्य स्थिर छ।

आज थ्री स्टार हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ भने अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको ९ दशमलव ९७ प्रतिशत, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ दशमलव ४४ प्रतिशत, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ दशमलव ९० प्रतिशत र इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य ५ दशमलव ११ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै शेयर मूल्य घट्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड छ। कम्पनीको शेयर मूल्य ६ दशमलव ४६ प्रतिशतले घटेको छ। 

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको ४ दशमलव ८० प्रतिशत, हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको ४ दशमलव २९ प्रतिशत, शुभम् पावर लिमिटेडको ३ दशमलव ७२ प्रतिशत र सानिमा ग्रोथ फण्डको शेयर मूल्य ३ दशमलव ६९ प्रतिशतले घटेको छ।

आजको कारोबारपछि बजारपुँजीकरण ३१ खर्ब १० अर्ब ५९ करोड ५३ लाख ४१ हजार ३४ रुपैयाँ ८ पैसा पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.