|

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर २ हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ। 

आज (मंगलबार) विभिन्न कम्पनीका २७८ कम्पनीको ५६ लाख ३ हजार १७९ कित्ता शेयर ६१ हजार ३४१ पटक खरिदबिक्री हुँदा २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारपछि म्युचुअल फन्ड समूहको उपसूचक ४ दशमलव २८ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। 

सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २४२ दशमलव ७० र जीवन बीमा समूह २०४ दशमलव २८ अङ्कले घटेको छ।

बैंकिङ ११ दशमलव ९७, विकास बैंक ७३ दशमलव १८, वित्त ३९ दशमलव ८४, होटल तथा पर्यटन १२३ दशमलव ६९ र जलविद्युत् ५१ दशमलव ३३ अङ्कले घटेको छ। 

लगानी समूह शून्य दशमलव ८१, लघुवित्त ४० दशमलव १६, निर्जीवन बीमा १८४ दशमलव २१, व्यापार १४ दशमलव ४१ र अन्य समूहको उपसूचक १३ दशमलव ८९ अङ्कले घटेको छ।

आजको कारोबारपछि इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ५ दशमलव १८ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा हिमालयन डिस्टिलरी लिमिटेडको शेयर मूल्य ७ दशमलव ६९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको २० करोड ५५ लाख ९४ हजार ३२ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

किनबेच भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै शिवम् सिमेन्टको ३ लाख २५ हजार २३५ कित्ता किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.