पूर्व विजेताले क्वार्टरफाइनल पार गर्नै सकेनन्

|

ललितपुर : नवौं संस्करणको महिला विश्वकप फुटबलको ताज पहिरिने टोलीको छिनोफानो हुन अब ३ दिन मात्र बाँकी छ। जुलाई २० देखि सुरु भएर अगष्ट २० तारिखसम्म चल्ने महिला विश्वकपमा इतिहास रच्दै नयाँ टोलीले उपाधि जित्दै छ। 

यो फुटबललाई महिला फुटबलको महाकुम्भ मेलाका रुपमा लिइन्छविश्वभरका महिलाको फुटबल स्तर जाँच्ने यो विश्वकपमा यसपाली इंगल्याण्ड  र स्पेनले नयाँ उपाधि विजेताको अध्याय कोर्दै छन्।

इंगल्याण्ड अष्ट्रेलियालाई ३–१ ले तथा स्पेन स्वीडेनलाई २–१ ले हराएर उपाधि भिडन्तमा पुगेका हुन्। 

स्पेनले समूह चरणमा जापानसँग ४ –० ले हारेको बाहेक अन्य सबै खेलमा शतप्रतिशत नतिजा निकाल्दै आएको छ। अझ उसले साविक उपविजेता नेदरल्याण्ड्सलाई समेत क्बार्टरफाइनलमा हराएको छ। प्रिक्बार्टरमा स्वीजरल्याण्डलाई उसले पाखा लगाएको थियो। 

इंगल्याण्ड अपराजित टोली हो। समूह चरणमा सबै खेल जितेको उसले प्रिक्वार्टरमा नाइजेरियालाई तथा क्बार्टरफाइनलमा कोलम्बियालाई पाखा लगाएको छ । स्पेन र इंगल्याण्ड दुवै टोलीको महिला विश्वकपको इतिहास त्यत्ति पुरानो छैन। 

इंगल्याण्ड सन् २००७ को पाँचौँ महिला विश्वकपदेखि लगातार सहभागी हुँदै आएको छ भने स्पेन सन् २०१५ को सातौँ महिला विश्वकपदेखि खेल्दै आएको छ। इंगल्याण्डले सन् २०१९ मा सेमिफाइनलसम्म स्थान बनाएको थियो भने सन् २०१५ को विश्वकपमा तेस्रो स्थान हाँसिल गरेको थियो। 

अहिलेसम्म अमेरिकाले सबैभन्दा बढि ४ पटक उपाधी जित्दा जर्मनीले २ पटक उपाधी जितेको छ। यस्तै जापान र नर्वेले १–१ पल्ट उपाधी आफ्नो पोल्टामा पारेका छन्। 

अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको जारी संस्करणमा पूर्व महिला विश्वविजेताहरुले क्वार्टरफाइनल भन्दा माथि जान सकेनन्। पूर्व विजेताहरुलाई अगाडी बढ्न स्वीडेन तगारो बन्यो। स्वीडेनले क्बार्टरफाइनलमा जापानलाई २–१ ले हराउँदा अन्तिम १६ मा स्वीडेनले अमेरिकालाई पेनाल्टीमा पाखा लगायो। 

नर्वे जापानसँग अन्तिम १६ मा ३–१ गोल अन्तरले स्तब्ध बन्यो।  २ पटकको च्याम्पियन जर्मनी समूह चरणबाट माथि उठ्न सकेन।

समूह एचमा मोरक्कोलाई ६–० ले हराएर दक्षिण कोरियासँग १–१ को बराबरी खेल्दै ४ अंक बटुलेको जर्मनीले कोलम्बियासँग भने हार्न पुग्यो। फलस्वरूप ६–६ अंक बटुलेका मोरक्कोकोलम्बिया अर्को चरणमा पुगेका थिए। 

सन् १९९१ मा एशियाली भूमि चीनबाट सुरुवात भएको महिला विश्वकपमा धेरै फेरवदल आइसकेको छ। त्यत्तिबेला जम्मा १२ देशले मात्र प्रतिस्पर्धा गर्ने महिला विश्वकप अहिले सन् २०२३ मा अष्ट्रेलियान्युजिल्याण्डमा आयोजना हुँदा ३२ राष्ट्रमा विस्तार भइसकेको छ। 

पहिलो देखि आठौंसम्म आइपुग्दा ४ पटक उपाधि जितेर महिला विश्वकपमा दबदबा कायमै राखेको अमेरिका अन्तिम १६ को प्रस्पिर्धामा स्वीडेनसँग २–१ ले पराजित भयो। 

स्वीडेनसँगको हारले अमेरिकालाई पाँचौपल्ट उपाधि जित्ने अभियानमा धक्का लाग्यो। अमेरिकाले चीनमा भएको पहिलो विश्वकपमा नर्वेलाई हराएर उपाधि जितेको थियो।

यस्तै १९९९ मा भएको तेस्रो विश्वकपमा एशियाली राष्ट्र चीलाई पाखा लगाएर अमेरिकाले उपाधी संख्या दोब्बर पारेको थियो। तेस्रो संस्करणदेखि सहभागी हुने देश १२ बाट बढएर १६ वटा पुर्‍याइयो

सन् १९९५ स्वीडेनमा भएको दोस्रो विश्वकपमा पनि १२ देश नै सहभागी थिए। जुन संस्करणमा जर्मनीलाई हराएर पहिलो संस्करणको उपविजेता नर्वेले पहिलो पल्ट उपाधि जित्यो। 

अमेरिकाले तेस्रो संस्करण जितेपछि चौथोपाँचौँ संस्करण भने जर्मनीले जित्यो। सन् २००३ मा अमेरिकामा भएको खेलमा स्वीडेनलाई हराएर तथा सन् २००७ मा चीनमा भएको फाइनल खेलमा ब्राजिललाई हराएर जर्मनीले उपाधि आफ्नो पोल्टामा पारेको हो। 

लगातार अघिल्ला २ संस्करण जितेर हौसिएको जर्मनीले सन् २०११ को छैटौं संस्करण आयोजनाको जिम्मा पायो। अरुको भूमीमा खेल्दा उपाधि उचालेर ल्याएको जर्मनी यसपटक भने चुक्यो। जापानले अमेरिकालाई हराउँदै महिला विश्वक इतिहासमा नयाँ शक्तिका रुपमा उदाएर उपाधि जित्यो।  

सन् २०१५ मा क्यानडामा भएको सातौ विश्वकपमा फेरी एकपल्ट अमेरिकाले उपाधि जित्यो। अघिल्लो संस्करणमा जापानसँग फाइनलमा बेहोरेको हारको बदला अमेरिकाले लियो। यो खेलमा जापानलाई पाखा लगाएर अमेरिकाले तेस्रो पल्ट उपाधी आफ्नो पक्षमा पार्‍यो। 

सन् २०१९ मा फ्रान्समा भएको आठौँ महिला विश्वकपमा अमेरिकाले फेरि उपाधि उचाल्दै सबैभन्दा बढि ४ पटक उपाधी जित्ने देशका रुपमा प्रस्तुत गर्‍यो। यही संस्करणबाट १६ टोली सहभागी हुने प्रतियोगितामा २४ टोली संख्या पुर्‍याइयो। 

सन् २०२३ मा भइरहेको नवौँ संस्करणको महिला विश्वकपमा ३२ टोली सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.