|

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले सोह्रौँ आवधिक योजनामा उत्पादन र रोजगारी बढाउने कुरा मात्रै राख्ने बताएका छन्।

बिहीबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले सोह्रौँ आवधिक योजनामा उत्पादन र रोजगारी बढाउने कुरालाई मात्रै राख्ने बताएका हुन्।

उनले सो योजनामा मन्त्रालयगत कुरा नराखिने र पहिलेको भन्दा फरक तरिकाले ल्याइने बताए। उनले सोह्रौँ योजनामा मुल रुपमा उत्पादन र रोजगारी बढाउने कुरा समेट्ने भन्दै त्यसका लागि सम्बन्धित मन्त्रालयहरुले के–के गर्ने हो भन्नेकुरा सम्बन्धित मन्त्रालयले नै गर्नुपर्ने बताए।

उनले सामाजिक न्याय कायम नभएसम्म समृद्धि हासिल नहुने भन्दै सामाजिक न्याय कायम गर्नका लागि पनि सोह्रौँ योजनामा जोड दिइने बताए। मुलुकमा कुनैपनि प्रकारको विभेद कायम नहोस् भन्नेमा पनि ध्यान दिइने उनको भनाइ छ।

उनले भने ‘राज्यबाट पछि पारिएका वर्गको उत्थानमा पहिलो जोड दिनुपर्छ। त्यसकारण अरु विकास भएतापनि सामाजिक न्याय कायम भएन भने समृद्धि हुँदैन। समृद्धि पहिला कि सामाजिक न्याय पहिला त भन्दा सामाजिक न्याय हासिल भएपछि पो समृद्धिमा जानुपर्‍यो। नत्र समृद्धि हासिल हुन सक्छ। पहिले मुलुक समृद्ध भयो, मान्छेहरु धनि भए भने गरिबले अलिअलि आफैँ पाउँछन् भन्ने थियो, त्यसो होइन। मुलुक समृद्ध हुँदाखेरी कुनैपनि छुवाछुतको दलित भन्ने, लिङ्गको, अन्य वर्गको आधारमा कुनैपनि विभेद कायम नरहोस् भन्ने नै यसमा जोड छ। त्यसै अनुरुप सोह्रौं योजनामा केही–केही कुराहरु नयाँ हुँदैछन्।'

उनले सोह्रौँ योजनालाई केन्द्रीय योजना मात्रै नबनाएर तीनै तहको राष्ट्रिय योजना बनाउनका लागि प्रदेश योजना आयोगहरु र प्रदेश सरकारहरुसँग पनि छलफल गरिरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.