|

दैलेख : जिल्ला मालपोत कार्यालय दैलेखले आर्थिक वर्ष २०७९।०८० मा एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ। मालपोतले एक वर्षको अवधिमा १ करोड ४९ लाख ७ हजार २६ रुपैयाँ राजस्व संकलन गरेको हो।

मालपोतले जग्गा रजिष्ट्रेशनमा मात्रै एक वर्षको अवधिमा ५९ लाख २ हजार ११७ रुपैयाँ राजस्व उठाएको छ। मालपोतले आव २०७९।०८० मा पुँजीगत लाभकरमार्फत ३४ लाख ५८ हजार १२९ रुपैयाँ राजस्व संकलन गरेको मालपोत कार्यालय दैलेखका सूचना अधिकारी युवक हमालले जानकारी दिए।

मालपोतले रोक्का दस्तुरबाट ३ लाख ९९ हजार २ सय रुपैयाँ, सेवा शुल्क अन्य प्रशासनिक दस्तुरमार्फत ११ लाख ३६ हजार ७८० रुपैयाँ र विविधबाट १ लाख ४७ हजार ७७८ रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी हमालले बताए।

मालपोतले विभिन्न शीर्षकमा साउनमा ९ लाख १४ हजार ११ रुपैयाँ, भदौमा ७ लाख ३४ हजार २६० रुपैयाँ‚ असोजमा ३ लाख ५० हजार ७६० रुपैयाँ, कात्तिकमा २ लाख ६१ हजार २१३ रुपैयाँ र मंसिरमा ६ लाख २६ हजार ७०२ रुपैयाँ राजस्व संकलन गरेको छ।

मालपोतले पुस महिनामा ४ लाख ५२ हजार ९९७ रुपैयाँ, माघमा ६ लाख ३५ हजार २५५ रुपैयाँ‚ फागुनमा ११ लाख ४६ हजार ८६ रुपैयाँ, चैतमा ७ लाख १२ हजार ८ सय रुपैयाँ, वैशाखमा १४ लाख ६५ हजार ७१८ रुपैयाँ, जेठमा ९ लाख ७ हजार २८१ रुपैयाँ र असारमा २२ लाख ४६ हजार ८२५ रुपैयाँ राजस्व संकलन गरेको विवरणमा देखिन्छ।

जिल्ला मालपोत कार्यालय दैलेखले यो आवमा दुई करोड राजस्व उठाउने लक्ष्य राखेको थियो। जग्गाको कित्ताकाट नखुल्दा स्थानीय सरकारले समयमै भू–उपयोग नियमावली समयमै ल्याउन नसक्दा लक्ष्य प्राप्ति गर्न नसकेको सूचना अधिकारी हमालले बताए। 

उनले अन्य जिल्लाभन्दा दैलेखमा जग्गाको कारोबार कम हुने समेत रहेको बताए। मालपोत कार्यालय दैलेखले आव २०७९।०८० मा १ करोड १० लाख ७५ हजार ४ रुपैयाँ राजस्व संकलन गरेको थियो। आव २०७९।०८० मा लक्ष्यभन्दा कम राजस्व उठ्नुमा बैंकिङ सेवामा ऋण प्रवाह नहुनु समेत देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.