|

काठमाडौं : समाजवादी मोर्चाको बैठक आइतबार नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ। 

आइतबार साँझ बस्ने बैठकमा मोर्चा आबद्ध चार दलका शीर्ष नेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्ने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए।

मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन्। मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो।

मोर्चाको नेतृत्व अहिले  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.