|

काठमाडौं : यो सातामा कारोबारको पहिलो दिन आज (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१ दशमलव ९९ अङ्कको गिरावट देखिएको छ। आजको कारोबारपछि नेप्से परिसूचक २ हजार ११ दशमलव १४ बिन्दुमा झरेको छ।

विभिन्न कम्पनीका २६९ कम्पनीको ४४ लाख ५९ हजार ४५९ कित्ता शेयर ४३ हजार ३४६ पटक खरिदबिक्री हुँदा १ अर्ब ४४ करोड ७४ लाख ८ हजार ९४२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक १७२ दशमलव ७३ र जीवन बीमा समूहको उपसूचक १३४ दशमलव ९० अंकले घटेको छ। 

बैंकिङ समूह ३ दशमलव ६०, विकास बैंक ३५ दशमलव ६०, वित्त ११ दशमलव ०६, होटल तथा पर्यटन १०६ दशमलव २६ र जलविद्युत् ५० दशमलव ११ अङ्कले घटेको छ। 

त्यसैगरी लगानी समूह शून्य दशमलव ६९, उत्पादन तथा प्रशोधन ८८ दशमलव ५४, लघुवित्त ३२ दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव ०४, व्यापार ३६ दशमलव ६० र अन्य समूह २३ दशमलव ५७ अङ्कले घटेको छ।

आजको कारोबारमा २९ कम्पनीको शेयर मूल्य बढ्दा १९० कम्पनीको शेयर मूल्य घटेको छ। 

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव ५७ अङ्कले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा एग्रिकल्चरल बैंक डिभेन्चर-२०८३ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ करोड ६३ लाख १ हजार ७० रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको १ लाख ४९ हजार २४० कित्ता शेयर खरिदबिक्री भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.