|

काठमाडौं : यो सातामा कारोबारको सुरुआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक तेस्रो दिन भने दोहोरो अङ्कले बढेको छ।

आज (मंगलबार) नेप्से परिसूचक १७ दशमलव ६९ अङ्कले बढेर २ हजार १५ दशमलव ९८ विन्दुमा कायम भएको हो।

विभिन्न २७७ कम्पनीका ६० लाख ३१ हजार ३५६ कित्ता शेयर ३४ हजार ५०८ पटक खरिदबिक्री हुँदा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँ बराबरको कारोबार भएको छ।

१८१ कम्पनीको शेयर मूल्य बढ्दा ४२ कम्पनीको शेयर मूल्य घटेको छ। नेप्से परिसूचकसँगै सबै उपसमूहको सूचक पनि हरियो देखिएका छन्।

सबैभन्दा धेरै निर्जीवन बीमा समूह १२२ दशमलव ४९ र उत्पादन तथा प्रशोधन समूह ८३ दशमलव ९१ अङ्कले बढेका छन्।

बैंकिङ ४ दशमलव ७६, विकास बैंक ४३ दशमलव १०, वित्त ३७ दशमलव ५८, होटल तथा पर्यटन ७० दशमलव ५८ र जलविद्युत् समूह ३४ दशमलव ३० अङ्कले बढेका छन्।

लगानी समूह शून्य दशमलव ५९, जीवन बीमा ५० दशमलव ०५, लघुवित्त १६ दशमलव ५१, व्यापार १६ दशमलव ७२ र अन्य समूहको उपसूचक २१ दशमलव ७४ अङ्कले बढेका छन्।

कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९ दशमलव ९८ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ४ दशमलव ४२ प्रतिशतले गिरावट आएको छ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंकको प्रमोटर शेयर २८ करोड ५९ लाख १९ हजार ६०६ रुपैयाँ बराबरको २ लाख ५३ हजार २६२ कित्ता किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.