|

सुर्खेत : नेपाली सेनाको डोल्पाको दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति मेजर विमल पण्डित तीन दिन बित्दा पनि सम्पर्क आएका छैनन्।

आइतबार अपराह्नदेखि सम्पर्कविहीन उनको अवस्था अझै अज्ञात रहेको हो। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्मबाट निस्केका थिए।

त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र रहेको त्रिपुराकोट र जुफाल बजारलगायतका स्थानमा आइतबार साँझदेखि नै खोजी गर्दा पनि उनी कतै नभेटिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए । उनको मोबाइल नम्बर पनि अफ भएको बताइएको छ ।

बेपत्ता गुल्मपति पण्डितको नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बलका टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले उनको खोजी जारी राखिएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.