|

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसी कार्यान्वयनको सुरुवात भएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध प्रदर्शन गरेका हुन्।

नेकपाका विप्लव, खड्गबहादुर विश्वकर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका धर्मेन्द्र वास्तोला लगायतका नेताहरुले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म एमसिसीको विरोधमा प्रदर्शन गरेका हुन्। विप्लव नेतृत्वको नेकपाले सुरुदेखि नै एमसिसीको खरो रूपमा विरोध गर्दै आएको छ।

यता, बहुचर्चित अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँगको सम्झौता बुधबारदेखि कार्यान्वयनमा आएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरेसँगै कार्यान्यनको चरण सुरु भएको हो।

सम्झौता भएको ६ वर्षपछि परियोजना कार्यान्वयनको चरणमा गएको छ। नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ गते एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको एमसिसी पाँच वर्षभित्रमा कार्यान्वयन गरिसक्नु पर्नेछ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.