|

ओखलढुंगा :हत्या आरोपमा सुनकोशी गाउँपालिका–८ च्यानम माँझगाउँका ८३ वर्षीय वृद्ध पक्राउ परेका छन्। छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको  हत्या गरेको आरोपमा प्रहरीले ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो। 

दुवै जनाबीच बुधबार बिहान सामान्य भनाभन भएको थियो। गोठबाट दूध लिएर घर फर्कँदै गरेका अधिकारी कटुवालले धकेल्दा लडेर उनी घाइते भएका थिए । गम्भीर घाइते अधिकारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा अस्पताल पुर्‍याउनासाथ उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए। 

प्रहरीले कटुवाललाई बुधबार साँझ पक्राउ गरेर घटनाबारे अनुसन्धान थालेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.