काठमाडौं : संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूले च्यासल पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल‚ डा बाबुराम भट्टराई, सभामुख देवराज घिमिरेलगायत मन्त्री, सांसद, सर्वसाधारणलगायत सबैले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
गएराति घरको शौचालयमा लडेका नेम्वाङलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।