|

सिन्धुपाल्चोक : विसं २०७८ असार १ तथा त्यसपछिका बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गरेको छ । 

केही अघिको नगर कार्यपालिकाको बैठकले बाढी तथा पहिरो प्रभावित छिमेकी दुई हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई १०, १० लाख सहयोग गर्ने निर्णय गरेको थियो।

छिमेकी पालिकाहरूमा समस्या पर्दा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको नगर प्रमुख आइतमान तामाङले बताए। १० लाखको चेक ग्रहण गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सहयोगका लागि धन्यवाद दिए।

उनले मेलम्ची नगरपालिका असल छिमेकीको रूपमा प्रस्ततु भएको भन्दै यसले गाउँपालिकालाई ठूलो सहयोग भएको बताए। 

अध्यक्ष लामाले बाढीग्रस्त तीनै पालिका मिलेर सङ्घ र प्रदेश सरकारलाई झकझकाउनु पर्ने बताए। हेलम्बु गाउँपालिकाकालाई भोलि रकम हस्तान्तरण गरिने मेलम्ची नगर प्रमुख तामाङले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.