|

काठमाडौं : जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका चार एजेन्सी मेनेजरले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फरेन्समा सहभागिता जनाएका छन्।

नेपाल लाइफ इन्स्योरेन्सबाट नेपालको प्रतिनिधित्व गर्दै रामचन्द्र गौतम,  रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्रकुमारी बुढाथोकी कन्फरेन्समा सहभागी भएका हुन्। 

विश्वस्तरीय मान्यताप्राप्त बिमा अभिकर्ताको प्रतिष्ठित संस्था एमडीआरटीले २७ देखि ३० अगस्टसम्म ग्लोबल कन्फरेन्स गरेको हो। कार्यक्रममा विश्वभरिबाट लगभग सात हजार ५०० जनाको उपस्थिति थियो । 

नेपालका प्रतिनिधि चारै एजेन्सी मेनेजरले अन्तर्राष्ट्रिय स्तरमा देशको झण्डा फहराउन पाउँदा निकै गौरवान्वित महशुस भएको बताए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले यसरी अन्तर्राष्ट्रिय स्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताए। ‘यस्तो  एक्सपोजरले  व्यक्तित्व विकासका साथै आफ्नो लर्निङ कर्भलाई माथि लैजान निकै सहयोग पुग्छ’, उनले भने। उनले कम्पनीले धेरै भन्दा धेरै अभिकर्तालाई एमडीआरटी बन्न उत्प्रेरणा प्रदान गरिरहेको जानकारी दिए ।   

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘किनकि जीवन अमूल्य छ’ भन्ने मूल नारालाई आत्मसात गरी २२ वर्षदेखि नेपालीलाई जीवन बिमासम्बन्धी सेवा प्रवाह गर्दै आएको छ। २०८० असार मसान्त सम्ममा लगानी १७२ अर्ब रुपैयाँ  र जीवन बिमा कोष करिब १६३ अर्ब रुपैयाँ सञ्चित रहेको बताइएको छ। कम्पनीले देशभर फैलिएका १९२ कार्यालय सञ्जाल मार्फतसेवा उपलब्ध गराइरहेको छ । 
    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.