|

काठमाडौं : नेपालमा पनि ओम्नियुज प्लेटफम सुरू भएको छ। विश्वभरका डिजिटल ग्राहकहरू र संस्थाहरूबीचको समन्वय सिर्जना गर्ने उद्देश्यले एप्लिकेशन सञ्चालनमा ल्याइएको डिजिटल फम्य्राल्युएसन एलएलसीले जनाएको छ। 

डिजिटल फम्य्राल्युएसन एलएलसीका अनुसार शैक्षिक संस्था, विभिन्न प्रकारका संस्था, कन्सल्टेन्सी लगायतका कार्यालयहरूलाई आफ्ना ग्राहक तथा भिजिटरको डेटाहरू संकलन र संसोधन गर्न सजिलो हुने गरी बनाइएको ओम्नियुज प्लेटफर्म नेपालमा पनि सुरू गरिएको छ। 

उक्त एप्लिकेशन अमेरिकी कम्पनी डिजिटल फम्य्राल्युएसन एलएलसीले निर्माण गरेको हो। जसमा  गुगल र माइक्रोसफ्ट भन्दा बढी फिचरहरू छन्। साथै, एप प्रयोगकर्ताहरूको लागि अनुकूल र कतिपय सुविधाहरू निःशुल्क छ। ओम्नियुज प्लेटफर्म फरक-फरक तीन तरिकाले प्रयोग गर्न सकिन्छ। वेब  एप, मोबाइल एप र कनेक्ट र एप्लिकेशन एकअर्कासँग जोडिएको छ। 

‘ओम्जियुज वेब एप्लिकेशनले विभिन्न संघसंस्थाहरूको फर्म बनाउन, प्रकाशित गर्न र पेश गरेको फर्मलाई म्यानेज गर्छ, ओम्नियुज मोबाइल प्रयोगकर्ताहरूले आफूलाई चाहिएको विवरणहरू हेर्न, खोज्न र अप्लाई गर्न सक्नेछन, कनेक्ट एपले मोबाइल र वेब एप्लिकेशनबीच जोड्छ,साथै, प्रयोगकर्ताले सजिलैसँग सेवा किन्न र आफूलाइ नचाहिएको बेलामा बन्द गर्न पनि सहज छ,’ डिजिटल फम्य्राल्युएसन एलएलसीले भनेको छ। 

डिजिटल फम्य्राल्युएसन एलएलसीका अनुसार यस सिष्टमको उद्देश्य विभिन्न संघसंस्थाहरू र ग्राहकहरूको फर्म बनाउँदा, प्रकाशन गर्दा, एप्लाई गर्दा हुने समस्यालाई कम गर्ने हो। यसमा नेपाली, हिन्दी र अंग्रेजी भाषा समावेश गरिएको छ। जसले गर्दा कुनै पनि संघसंस्थाहरूको फर्म खोज्न, हेर्न भर्न सहज हुने र आवश्यक परेका डकुमेन्ट तथा जानकारीहरू प्राप्त गर्न सकिन्छ।

‘एपले आइटी क्षेत्रको विकास र रोजगारी सिजर्ना गर्न सहयोग गर्ने विश्वास छ,’डिजिटल फम्य्राल्युएसन एलएलसीले भनेको छ,‘ओम्नियुज एप्लिकेशनमा छोटो समयमा फर्म बनाउन, प्रकाशन गर्न र व्यवस्थापन गर्ने सकिन्छ।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.