|

डडेल्धुरा ​: एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भागेश्वर गाउँपालिका–३ का तीनजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा २२, २३ र २८ वर्षका छन्। अर्का एक १८ वर्षीय किशोर भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

२० वर्षीया युवतीमाथि फरक–फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर थापाले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकाहरूमाथि गत वैशाख ५ गते  र १२ गते युवतीलाई बलात्कार गरेको किटानी जाहेरी परेको छ।

घटनाबारे आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने प्रवक्ता थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.