|

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हावी भएको बताएकी छन्।

आइतवार सिंहदरबारमा भएको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले सकारात्मक प्रवृत्ति किनारामा हुँदा नकारात्मकता हाबी भएको बताइन्।

उनले पत्रकारिता क्षेत्रमा पत्रकारिता कसरी टिकाउने भन्ने चुनौती रहेको पनि बताइन्। उनले पछिल्लो समय सूचना प्रविधिमा आएको विकासबाट सही सदुपयोग हुन नसक्दा आएका नकारात्मकताले झनै चुनौती थपेको बताइन्। उनले सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउन जरुरी रहेको बताइन्। उनले सञ्चार क्षेत्रसँग सम्बद्ध, नियम, कानून, ऐनलाई सरकारले व्यवस्थित बनाएर अघि बढ्ने प्रतिबद्धता जनाइन्।

उनले भनिन, ‘..अहिले यहाँ नकारात्मक प्रवृत्ति हावी छ। सकारात्मक प्रवृत्ति किनारामा छन्। त्यसकारण सतहमा जे छ, त्यही कुरा हाबी हुँदा त्यसको अपजस सबैले भोग्नुपर्छ। पत्रकारिता क्षेत्रमा पनि कैयन् कुरा छन्। पछिल्लो समय सूचना प्रविधिमा आएको विकासले यसको सदुपयोग हुन नसक्दा देखिएका समस्या छन्। त्यसैले यसलाई व्यवस्थित बनाउँदै यो क्षेत्रलाई व्यवस्थिनत बनाउन जरुरी छ। यो क्षेत्रसँग सम्बद्ध, नियम, कानून, ऐन यी सबै व्यवस्थित बनाउन जरुरी छ।’

मन्त्री शर्माले जनताको अवस्था सही बनाउन नसके बोलेर मात्रै व्यवस्था ठिक छ भन्न नसकिने बताइन्। हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार, २०८० बाट कान्तिपुर टेलिभिजनका पत्रकार महेश केसी र नेपाल टेलिभिजनका शिव सिलवाललाई सम्मान गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.