|

सल्यान : सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका-१२ तिमिले बस्ने अन्दाजी ७६ वर्षीया ध्रुवी बोहरा र शारदा नगरपालिका-१५ बरला बस्ने अन्दाजी ४५ वर्षीया मुना सेजवाल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले दुर्घटनामा चालक शारदा नगरपालिका-१ चैवाङज्यूला बस्ने अन्दाजी २१ वर्षीय रविन बुढाथोकी, वडा नम्बर-१२ कागखोलाका ५० वर्षीय कालिबहादुर बुढाथोकी, ५० वर्षीया कल्पना योगी, ७५ वर्षीया पम्फा नेपाली, छत्रेश्वरी गाउँपालिका-५ बस्ने २४ वर्षीया निर्मला बस्नेत, शारदा नगरपालिका-१२ बस्ने लक्ष्मी खड्का घाइते भएका छन्। 

यस्तै शारदा नगरपालिका-१४ का २४ वर्षीया निरु कुँवर, वडा नम्बर-१२ की ४७ वर्षीया कमला बुढाथोकी, १३ वर्षीया खिमा ओली, ३५ वर्षकी हीमा ओली, २५ वर्षीया टीका बोहरा, १४ वर्षीया विमला बुढाथोकी र प्रकाश बुढाथोकी, वडा नम्बर-१३ बस्ने ७५ वर्षीया जिउली बोहरा रहेका छन्। 

घाइतेहरूको सल्यान जिल्ला अस्पताल र श्रीनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। शुक्रबार साँझ छत्रेश्वरी गाउँपालिका ५ तीर्थपोले स्थित भित्री सडकमा छत्रेश्वरी गाउँपालिका ५ लेखपोखराबाट शारदा नगरपालिका १२ कागखोला आउँदै गरेको लु १ ज १८६१ नम्बरको जीप दुर्घटना भएको हो। गाडी सडकबाट करिब ६० मिटर तल खसेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.