|

दैलेख: दुल्लु नगरपालिका–१ मण्डा टिमीलापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा दुल्लु नगरपालिका–७ का ३३ वर्षीय गोपाल थापा रहेका छन्। 

तल्लो डुंगेश्वरदेखि दुल्लुतर्फ आउँदै गरेको क प्र ०२००१ क १९९ नम्बरको टिपर सोमबार साँझ ८ बजेतिर दुर्घटना हुँदा घाइते भएका थापाको उपचारका क्रममा दुल्लु अस्पतालमा मृत्यु भएको हो। 

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा दुल्लु नगरपालिका–७ बस्ने चन्द्रबहादुर थापा र प्युठानको ऐरावती गाउँपालिका–५ का मुक्तप्रसाद उपाध्याय रहेका इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्णबहादुर डाँगीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.