|

दैलेख : दुल्लु नगरपालिका–१ मण्डा टिमीलापानीमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुल्लु नगरपालिका–७ का ३३ वर्षीय गोपाल थापाको मृत्यु भएको हो।

दुल्लु–तल्लो डुंगेश्वर सडक खण्डअन्तर्गत तल्लो डुंगेश्वरबाट दुल्लु आउँदै गरेको क प्र ०२००१ क १९९ नम्बरको टिपर सोमबार बेलुकी ८ बजेतिर दुर्घटना हुँदा घाइते भएका थापाको उपचारका क्रममा दुल्लु अस्पतालमा मृत्यु भएको हो । 

दुर्घटनामा दुईजना घाइते भएका छन्। दुल्लु नगरपालिका–७ बस्ने चन्द्रबहादुर थापा र प्युठानको ऐरावती गाउँपालिका–५ का ३० वर्षीय मुक्तप्रसाद उपाध्याय घाइते भएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण बहादुर डाँगीले बताए।  

घाइते दुवैजनाको उपचार दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक डाँगीले बताए। थापाको अवस्था गम्भीर रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.