काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले व्यक्तित्वको टकरावले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउन गलत भएको बताएका छन्।
मंगलवार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा उनले वित्तीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय नभएको गुनासो लामो समयदेखि आएको भन्दै यस्तो टिप्पणी गरेका हुन्।
उनले सरकारले मुलुकको अर्थतन्त्र सुधार्न उपभोक्ताको समेत अपेक्षालाई समेटेर सरकारले माइक्रो अर्थतन्त्रलाई पनि सँगसँगै ध्यान दिनुपर्ने बताए।
उनले भने‚ ‘उपभोक्ताको समेत अपेक्षालाई समेटेर सरकारले माइक्रो अर्थतन्त्रलाई पनि सँगै ध्यान दिनुपर्छ। वित्तिय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय नभएको भन्ने गुनासो लामो समयदेखि चल्दै आएको छ । व्यक्तित्वको टकरावले सम्पूर्ण राज्यको नीतिलाई बन्धक बन्न हुँदैन ।’
सरकारले अर्थतन्त्र सुधारको आधार जलविद्युत र निर्यात वृद्धि मानेको बताए। डा.वाग्लेले जलविद्युतको समग्र हेर्दा कुल गार्हस्थ्य उत्पादनमा जम्मा १ प्रतिशत मात्रै रहेको बताए। उनले ३ हजार मेगावाट जडित क्षमता १ प्रतिशत मात्रै भएको भन्दै सानो अंशले अर्थतन्त्रमा धेरै योगदान गर्न नसक्ने बताए।
उनले सरकारले गरेको बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणालीका सुधार र पुँजीगत खर्चको प्रभावकारिताबारे बनाएको कार्य योजनाको कार्य प्रगति समितिलाई दिनुपर्ने बताए।
‘सरकारले गरेको बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणालीका सुधार र पुँजीगत खर्चको प्रभावकारिताबारे बनाएको कार्य योजनाको कार्यप्रगति के छ? त्यसको कार्य प्रगति अर्थ समितिलाई दिनुपर्छ। भारतका मध्य प्रदेशका मुख्यमन्त्रीले पशुपति दर्शन गर्न जाऔं भनेर १ लाख भारतीय रुपैयाँ दिएर पठाएका भारतीय पर्यटक हवाई उडानमार्फत आइरहेका छन्‚’ उनले भने‚ ‘सरकारले आशावादको आधार जलविद्युत र निर्यात वृद्धि मानेको छ। जलविद्युतको समग्र हेर्दा कुल ग्रार्हस्थ्य उत्पादनमा यसको योगदान जम्मा १ प्रतिशत मात्रै छ‚ ३ हजार मेगावट जडित क्षमतामा १ प्रतिशत मात्रै हो। सानो अंशले कति अर्थतन्त्रमा योगदान गर्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।