|
सौजन्य : नोबेल पुरस्कार समिति

काठमाडौं : यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ।

नोबेल पुरस्कार समितिका अनुसार पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रयोगात्मक प्रक्रिया पत्ता लगाएकोमा वैज्ञानिकहरू पिएरे एगोस्तिनी, फेरेन्ट्स क्राउस र एन ल’हुलिएलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको हो।

संयुक्त रूपमा घोषणा गरिएको पुरस्कारको राशि १ करोड स्विडिश क्रोनर अर्थात ८ लाख अमेरिकी डलर रहेको छ। ‘परमाणु र अणुहरूभित्र इलेक्ट्रोनहरूको संसार अन्वेषण गर्न मानवतालाई नयाँ उपकरणहरू दिएकोमा तीनै जनालाई पुरस्कार दिइएको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.