|

शनिबार बिहान गाजाबाट इजरायलमा अचानक ठूलो हमला भएको छ।

गाजा पट्टीमा शासन गर्ने चरमपन्थी समूह हमासले २० मिनेटभित्र इजरायलतर्फ पाँच हजार रकेट प्रहार गरेको जनाएको छ। जसमा परि एक जनाको मृत्यु प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ।

यस क्रममा गाजाबाट इजरायलमा भएको अचानक आक्रमणमा दर्जनौं चरमपन्थी गाजा पट्टीबाट इजरायलमा प्रवेश गरेका छन्। इजरायलले पनि दर्जनौं लडाकु गाजा सीमा पार गरी देश प्रवेश गरेको बताएको छ।

यसपछि इजरायलभरि चेतावनी जारी गरिएको छ र सीमा क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ। प्यालेस्टिनी लडाकुहरूले पनि गाजा पट्टीबाट इजरायलतर्फ रकेट प्रहार गरेका छन्।

यी रकेट हमलाहरू पछि, इजरायलको ठूलो क्षेत्रहरूमा चेतावनी साइरन सुनिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

हमासको आक्रमणपछि इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले  विज्ञप्तिमा भनिएको छ, ‘गाजा पट्टी वरपरका क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ।‘

सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ,’ हामी आफ्नो रक्षा गर्नेछौं।‘  यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षा प्रमुखहरूको आपतकालीन बैठक बोलाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.