|

काठमाडौं :  गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिवका उम्मेद्वार बुद्धि सागर सुवेदीले राष्ट्रिय समन्वय परिषद्हरूलाई व्यवस्थित, सक्षम, सबल र क्रियाशील बनाउन सकेमा मात्र अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) बलियो हुने  बताएका छन्। 

यही बुझाइलाई कार्यान्वयन गर्न महासचिवमा आफ्नो  उम्मेदवारी रहेको सुवेदीले बताए। एनआरएनए अमेरिकाको पूर्वअध्यक्ष सुवेदी विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरूसँग भेट गरि सोमबार नेपाल फर्किएका छन्। 

‘अध्यक्षमा निर्वाचित भएपछि एनआरएनए अमेरिकाको पहिलो बैठकमा नै मैले भनेको थिए सस्तो लोकप्रियता र आकर्षक भाषणका लागि कार्यालय भवन खरिदको विषय उठाउने छैन। काम गरेर प्रमाणित गर्नु पर्छ, उनले भने,  मेरो कार्यकालमा संस्थालाई कुनै आर्थिक व्ययभार नछोडी करिब २ लाख ९२ हजार डलर अर्थात ३ करोड ७५ लाख रुपैयाँमा कार्यालय भवन (अफिस कन्डोमिनियम) खरिदको काम सम्पन्न भयो। राष्ट्रिय समन्वय परिषद्हरूलाई व्यवस्थित, सक्षम, सबल र क्रियाशील बनाउन सकेमा मात्र अन्तर्राष्ट्रिय समन्वय परिषद् बलियो हुनसक्छ। यही बुझाइलाई कार्यान्वयन गर्न महासचिवमा उम्मेदवारी दिएको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.