|

जोर्डनका राजा अब्दुल्लाह द्वितीय र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले गाजा पट्टी र वेस्ट बैंकको अवस्थालाई शान्त बनाउन जोड दिएका छन्।

उनीहरुले गाजामा बिग्रिँदै गएको मानवीय संकटको चेतावनी दिएका हुन्। बिहीवार जोर्डनको राजधानी अम्मानमा भएको भेटमा दुवै पक्षले गाजा स्ट्रिपमा स्वास्थ्य र राहत आपूर्ति र पानी आपूर्ति सुनिश्चित गर्न मानवीय करिडोरहरु तत्काल खोल्न आग्रह गरे। दुवै नेताहरुले मानवीय संकट, बढ्दो हिंसा र सम्पूर्ण क्षेत्रको लागि सम्भावित परिणामबारे चिन्ता व्यक्त गरे।

स्थितिलाई थप बिग्रिन नदिन अरब राष्ट्रहरुबीच घनिष्ठ सम्बन्धको महत्वलाई जोड दिए। राजाले प्यालेसटाइनलाई आफूहरुले सहयोग गर्ने र गाजा पट्टीमा तत्काल मानवीय र चिकित्सा सहायता पुर्‍याउने वाचा गरे। यसअघि बिहीवार जोर्डनले गाजा पट्टीमा अत्यावश्यक चिकित्सा सामग्रीलगायत मानवीय सहायतासहितको विमान पठाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.