|

उत्तर कोरियाले रुसलाई हतियार पठाएको आरोप अमेरिकाले लगाएको छ।

अमेरिकी अधिकारीहरूले रुसलाई उत्तर कोरियाले ठूलो संख्यामा सैन्य उपकरण पठाएको र त्यो युक्रेनमा प्रयोग हुने आरोप लगाएका हुन्।

अमेरिकाका राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बिले उत्तर कोरियाले यसै साता उपकरण र युद्ध सामग्रीले भरिएका एक हजारभन्दा धेरै कन्टेनर पठाएको आरोप लगाए। 

अधिकारीहरूले केही तस्विर पनि सार्वजनिक गर्दै भनेका छन्, ‘यो तस्विर कोरियाको नेजिनमा एकसाथ रोकिएका ३ सय कन्टेनरका हुन्।’

गत महिना उत्तर कोरियाका नेता किम जोंग उनले रुसको भ्रमण गरेका थिए। यही बेला उनले रुसका साथ संभावित सैन्य सहयोगका विषयमा कुराकानी गरेको हुन सक्ने अनुमान गरिएको छ। 

अमेरिकी जासुसी संस्थालले हतियार आपूर्तीको ट्र्याक गरिएको र ७ सेप्टेम्बरदेखि एक अक्टोबरसम्म हतियार पास गरिएको बताइएको छ। 

पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता किर्बीले भनेका छन्, ‘यो उपकरण समुद्र र रेलको बाटो हुँदै दक्षिणपूर्वी रुसमा पठाइएको छ। यो क्षेत्र युक्रेनको सीमा क्षेत्रबाट करिब २ सय ९० किलोमिटर मात्र टाढा छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.