|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (मंगलवार) दोहोरो अङ्कले बढेको छ। आज नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर १ हजार ८६४ दशमलव ६२ को बिन्दुमा कायम भएको हो।

आज २८९ कम्पनीको ३८ लाख १३ हजार २३३ कित्ता शेयर ४५ हजार ४५६ पटक किनबेच हुँदा १ अर्ब ८४ लाख ३७ हजार ८६० रुपैयाँ बराबरको कारोबार भएको।

आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव २७, निर्जीवन बीमा समूह शून्य दशमलव ५३ र व्यापार समूह १ दशमलव २५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। 

सबैभन्दा धेरै वित्त समूहको उपसूचक १ दशमलव ३० र बैंकिङ समूहको उपसूचक १ दशमलव १० प्रतिशतले बढेको छ।

आज एनआइबिएल प्रगति फन्डको शेयर मूल्य सबैभन्दा धेरै ७ दशमलव ३५ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने ह्याथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य ८ दशमलव ५३ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको ४ करोड ६२ लाख ६९ हजार २४८ रुपैयाँ बराबरको १ लाख ५९ हजार ५४७ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.