|

सल्यान : सल्यानवासीले ४ महिनामा २४ करोड रुपैयाँभन्दा बढीको ताजा तरकारी तथा फलफूल बेचेका छन्। असार १ गतेदेखि असोज मसान्तसम्म २४ करोड २९ लाख २६ हजार ४०७ रुपैयाँको ताजा तरकारी तथा फलफूल जिल्लाबाहिर निकासी भएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ।

४ महिनामा ४० लाख ६९ हजार ४४३ किलो ताजा तरकारी, ८५ हजार ६३९ किलो अदुवा र ७४ हजार ९६ किलो फलफूल निकासी भएको कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष तिलक शर्माले जानकारी दिए।

उनका अनुसार १२ लाख ३३ हजार ९५० किलो टमाटर बिक्रीबाट ७ करोड ७० लाख ६७ हजार १२६ रुपैयाँ, ७ लाख ९३ हजार ७८२ किलो बन्दागोभीबाट २ करोड ९६ हजार ९०५ रुपैयाँ, ५ लाख ६३ हजार ४५ किलो काउलीबाट ३ करोड १७ लाख ६६ हजार ७७२ रुपैयाँ, ३ लाख ४७ हजार ५२१ किलो भेँडे खुर्सानीबाट २ करोड ५८ लाख ७९ हजार ३८२ रुपैयाँ, १ लाख ८ हजार ६९४ किलो हरियो मोटो खुर्सानीबाट ७४ लाख ५५ हजार ३२१ रुपैयाँ, ८८ हजार ४ सय ८८ किलो हरियो मसिनो खुर्सानीबाट ५८ लाख ४० हजार ८५५ रुपैयाँ र ५३ हजार २ सय २ किलो मछे खुर्सानी बिक्रीबाट ३१ लाख २१ हजार ५५८ रुपैयाँ आम्दानी भएको छ।

३१ हजार ८९७ किलो अकबरे खुर्सानीबाट ३३ लाख २ हजार ३५३ रुपैयाँ, १ लाख ७० हजार ७९६ किलो काँक्रोबाट ६१ लाख १५ हजार २८४ रुपैयाँ, ९८ हजार ३९९ किलो लोकल काँक्रोबाट ६१ लाख १३ हजार १४७ रुपैयाँ, ३२ हजार ८७५ किलो मुलाबाट १२ लाख ६४ हजार ३३९ रुपैयाँ, ५९ हजार १७८ किलो पुरानो अदुवाबाट ८ करोड २७ लाख ५ हजार १५१ रुपैयाँ, २६ हजार ४६१ किलो नयाँ अदुवाबाट १६ लाख ९ हजार ५४४ रुपैयाँ, १७ हजार ६४६ किलो सागबाट १४ लाख १८ हजार ३१५ रुपैयाँ, १७ हजार ३९८ किलो धनियाँबाट १५ लाख ६३ हजार २४ रुपैयाँ, १७ हजार २०६ किलो नास्पातीबाट २६ लाख २ हजार ७७० रुपैयाँ, १६ हजार ६८८ किलो आँपबाट ५८ लाख १ हजार ५६० रुपैयाँ, ३८ हजार ९६२ किलो कागतीबाट २६ लाख ३१ हजार २५५ रुपैयाँ सल्यान जिल्लामा भित्रिएको छ।

९ हजार ५५५ किलो इस्कुसबाट १५ लाख २ हजार ८५० रुपैयाँ, ८ हजार ६२० किलो फर्सीबाट १६ लाख ६ हजार ५७५ रुपैयाँ, १२ हजार १६६ किलो भान्टाबाट ४७ लाख १८५ रुपैयाँ, १२ हजार ९९३ किलो तितेकरेलाबाट ६३ लाख १ हजार ७३२ रुपैयाँ, ६ हजार ५९० किलो आलुबाट २४ लाख रुपैयाँ, ९ हजार ७३५ किलो लोकल सिमीबाट ७९ लाख ८ हजार ७ सय रुपैयाँ, ११ हजार ९४० किलो राजमा सिमीबाट २ करोड ५ हजार ९७० रुपैयाँ, १ हजार ५८० किलो लसुनबाट १२ लाख ६४ हजार रुपैयाँ र ५ हजार ४६५ किलो चुच्चे करेलाबाट ४२ लाख ३ हजार ७५० रुपैयाँ भित्रिएको छ।

सल्यानमा उत्पादन भएको बेमौसमी तरकारी विशेष गरी, दाङ, बुटवल, पोखरा, नेपालगञ्ज, धनगढी र काठमाडौँसम्म जाने गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.