|
तस्वीर : रोयर्टस

गाजा क्षेत्रमा शासन गर्ने इजरायल र हमास बीचको हिंसाको पछिल्लो आक्रमण अक्टोबर ७ मा सुरू भयो।

दुवै पक्षले आक्रमणलाई तिव्रता दिए। इजरायलले हवाई आक्रमणका साथै गाजामा पानी, बिजुली, इन्धन र अन्य आपूर्तिहरू बन्द गरेर बदला लियो।

झण्डै ११ लाख मानिसको बसोबास रहेको उत्तरी गाजाबाट हालसम्म ७ लाख बाहिरिइसकेको बताइएको छ। इजरायलले त्यस क्षेत्रमा इस्लामिक विद्रोही समूह हमासले बनाएका सुरुङ मार्गहरु नष्ट गर्ने उद्देश्ले शक्तिशाली आक्रमण गरिरहेको छ। 

जारी युद्धमा ४ हजार ३ सय ८५ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ।  जसमा १७ सयभन्दा बढी बालबालिका परेका छन्। इजरायलमा १४ सय बढीको मृत्यु भएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.