|

काठमाडौं : त्रिकोणत्कम टी–२० शृङ्खलाको फाइनल प्रवेशका लागि आज हङकङ र यूएई भिड्दै छन्।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आज दिउँसो १ बजे हङकङ र यूएईको प्रतिस्पर्धा हुनेछ। लिग चरणको अन्तिम खेल हुन लागेको हो।

नेपाल चारै खेल जितेर आठ अंक सहित शीर्षस्थानमा छ। यूएईले एक खले जितेर दुई अंक सहित दोस्रो स्थानमा छ। आजको खेल जितेमा वा बराबरी भएमा यूएई फाइनलमा पुग्नेछ।

हङकङले भने अहिलेसम्म खेलेका तीनै खेल हारेको छ। आजको खेल राम्रो रनरेटका आधारमा जितेमा मात्रै हङकङ फाइनलमा पुग्नेछ।

फाइनल खेल शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। लिग चरणका खेल भने मुलपानी क्रिकेट मैदानमा भइरहेका छन्।

नेपालले आईसीसी टी(२० विश्वकपको एशिया क्षेत्रको छनोटका तयारीका रुपमा त्रिदेशीय शृङ्खला खेलिरहेका छ।  यस लगत्तै कात्तिक १३ बाट टी–२० विश्वकप छनोट प्रतियोगिता शुरू हुनेछ।

प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट दुई टोली विश्वकपमा छनोट हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.