|

बैतडी : दशैंमा बैतडीमा १४ सवारी दुर्घटना भएका छन्। असोज २८ गते घटस्थापनादेखि शनिबार कोजाग्रत पूर्णिमासम्म १४ सवारी दुर्घटना भएका हुन्।

दुर्घटनामा पर्ने सवारीसाधनमा पाँच जीप, चार मोटरसाइकल,दुई ट्याक्टर,एक ट्रक,एक अल्टो,एक अटो रिक्सा रहेका छन्।

उक्त दुर्घटनामा परेर ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

घाइतेमध्ये चार जनाको अवस्था मध्यम र सातको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। अधिकांश सवारी दुर्घटना मुख्य सडकहरूमै भएका जनाइएको छ।

सवारी दुर्घटनामा हुनुको मुख्य कारण चालकको लापरवाही हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। चालकको लापरबाही, साँघुरा सडक र क्षमताभन्दा बढी यात्रुले गर्दा सवारी दुर्घटना हुने गरेको हो।

चाडपर्वको बेला हुने सवारी दुर्घटना हुँदा चाडपर्व खल्लो हुने गरेको छ।

यसैबीच दशैँको अवधिमा बैतडीमा ट्राफिक प्रहरीले १६७ सवारी साधनमाथि कारबाही गरेको छ। ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरेर ८८ हजार राजस्वसमेत संकलन गरिएको जनाएको छ।

सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र ९लाइसेन्स० नभएका, मादकपर्दाथ सेवन गरेका, क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडीमा यसपालिको दशैँ शान्तिपूर्ण भएको छ।

केही छिटपुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती तथा दुर्घटना नभएका प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.