|

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव १८ अङ्कले ओरालो लागेर १ हजार ८७५ दशमलव ६५ मा सीमित भएको छ। 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव १६ अङ्कले ओरालो लागेर ३६१ दशमलव ९४ मा सीमित भएको छ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ। कूल २७ लाख १२ हजार १२३ कित्ता शेयर ७४ करोड २९ लाख २५ हजार ३९२ रुपैयाँ मूल्यमा कारोबार भएको छ। 

कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीका शेयर ४ करोड ८ लाख ५६ हजार ३१५ रुपैयाँ मूल्यमा खरिदबिक्री भए। 

हाथवे इन्भेस्टमेन्ट नेपाल २ करोड ४७ लाख २७ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्स २ करोड ३० लाख ४ हजार १८३ रुपैयाँ, नबिल बैंक २ करोड १७ लाख ३७ हजार ६५२ रुपैयाँ र घोराही सिमेन्ट १ करोड ९९ लाख १ हजार ४३४ रुपैयाँ मूल्यमा कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार माथिल्लो सोलु हाइड्रो ८ दशमलव ९९, सिवाइसी नेपाल लघुवित्त ६ दशमलव ६०, घलैम्दी हाइड्रो ५ दशमलव ७१, बीपीडब्ल्यू लघुवित्त ५ दशमलव ६२ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ३ दशमलव ६७ प्रतिशतले कमाएका छन्।

सोनापुर मिनरल्स १०, नेशनल हाइड्रोपावर ७ दशमलव ९२, एनआइबीएल प्रगति फण्ड ५ दशमलव ५७, एनआइसी एशिया ग्रोथ फण्ड ५ दशमलव ५३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ३३ प्रतिशतले गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.