|

लगभग १७ लाख विदेशी नागरिकहरू, मुख्यतया अफगानीहरूलाई देश निकाला गर्ने पाकिस्तानको निर्णयपछि, पाकिस्तानमा सञ्चालित अफगान बालबालिकालाई पढाउने विद्यालयहरू बन्द गरिएका छन्।

विद्यालयहरू बन्द हुनुले मुख्य रूपमा पाकिस्तानमा अफगान केटीहरूलाई असर गरिरहेको छ किनकि यसले निकट भविष्यको लागि उनीहरूको शिक्षाको ढोका सधैँको लागि बन्द हुनेछ।

यीमध्ये धेरै अफगान महिलाहरू अफगानिस्तान फर्कन बाध्य छन्, जहाँ तालिबान सरकारले उनीहरूलाई माध्यमिक शिक्षामा प्रतिबन्ध लगाएको छ।

पाकिस्तान सरकारले कानुनी हैसियतबिना देशमा बसोबास गर्ने अनुमानित १७ लाख अफगानीहरूमाथि व्यापक धरपकड सुरु गरेको छ, उनीहरूलाई अक्टोबर ३१ सम्म पाकिस्तान छोड्न निर्देशन दिएको थियो। 

देश निकालाको डरले विद्यालयको उपस्थितिमा उल्लेखनीय गिरावट र विद्यालय हाजिरमा दुई तिहाईले कमी ल्याएको छ, जसले गर्दा यी विद्यालयहरू बन्द भएका समाचारमा उल्लेख छ।

यसैबीच, सोमबार र मंगलबार गरि   ८६ हजार गैरकानूनी अफगानी नागरिक स्वदेश फर्किएका छन् भने एक सय ७४ ट्रकमा एक लाख ४९ परिवार अफगानिस्तान फर्किएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.