|

काठमाडौं : आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालका सन्दीप दुई रन बनाएर सन्दीप लामिछाने आउट। ओमानले नेपाललाई दिएको १४६ रन लक्ष्य पछ्याउने क्रममा नेपालको फितलो प्रदर्शन भएको छ। 

यस अघि सन्दीप जोरा १२ रन  बनाएर आउट भएक। यो भन्दा अघि गुलशन झा ३ रन बनाएर आउट भए। यसअघि कुशल मल्ल १० रन बनाएर आएट भए। यस्तै, कप्तान रोहित पौडेल १२ रन बनाएर आउट भएका थिए।

यसअघि सोमपाल कामी १२ रन र कुशल भुर्तेल २६ रन आउट भए।  यस्तै, ओपनर आशिफ शेख ५ रन बनाएर आउट भए। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो। ओमानका लागि कप्तान जाहिन मक्सुदले सर्वाधिक ३२ रन बनाए। निशान खुसीले २५ रन बनाउँदा ओपनर प्रतिक अथाव्ले २४ रनमा आउट भए। 

नेपालका करण केसीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए।  अविनाश बोहोरा र गुल्सन झाको नाममा एक एक विकेट रह्यो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.